कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ ।नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ ।
सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गर्नुभएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्ले, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेनलाई नगरप्रमुख अधिकारीले पम्पसेट, घासँको बीउ वितरण गर्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस