तनहुँ –व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित ५२ वर्षीय राजु श्रेष्ठको उपचारका लागि शनिबार मात्रै रु चार लाख ५९ हजार आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
व्यास–४ घर भई हाल भरतपुर महानगरपालिका–९ मा बस्दै आएका श्रेष्ठको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन भएको उक्त रकम घरमै पुगेर पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
व्यास–२ भोर्लेटार चोक निवासी वीरेन्द्र घर्तीमार्फत रु दुई लाख ६० हजार ३१, सोही वडा निवासी गौरीशङ्कर थापामार्फत रु एक लाख १९ हजार ५०० र रजिनलाल श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठको अगुवाइमा सङ्कलन भएको रु ७९ हजार ४६९ गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।
दमौलीस्थित तनहुँ टेलिभिजनमा कार्यरत श्रेष्ठले केही वर्षयता टेलिभिजन छाडेर भिडियोग्राफी क्षेत्रमा काम गर्दै आउनुभएको थियो । श्रेष्ठको उपचारका लागि केही दिनअघि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ राकुको सक्रियतामा दमौली बजार क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा सङ्कलन भएको रु एक लाख ११ हजार ५४७ सहयोग गरिएको थियो ।
त्यसैगरी जनभावना नेवाःखलबाट रु ३० हजार, लायन्स क्लब अफ तनहुँ दमौलीबाट रु ४० हजार सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको छ । केही दिनअघि मात्रै लायन्स क्लब अफ व्यास सिटीबाट रु ६३ हजार ८१० सहयोग गरिएको लायन्स क्लब अफ व्यास सिटीका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा उपचाररत अवस्थामा रहेका श्रेष्ठको धर्मपत्नी बिमाया श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।
त्यसैगरी व्यास नगरपालिका–४ निवासी गणेश शाहीले आफ्ना साथीभाइ तथा इष्टमित्रबाट सङ्कलन गरेको रु ५० हजार गत बुधबार पीडित श्रेष्ठको बैंक खातामा जम्मा गरिएको बताउनुभयो । आफूले रु पाँच हजार र अन्य तरकारी लाइन टोलका मासु, तरकारी पसल, किराना÷फलफूल पसल तथा फेन्सी पसलबाट सहयोग सङ्कलन गरिएको रकम खातामा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठको उपचारका लागि विभिन्न सङ्घसंस्थाबाट सहयोग आउने क्रम जारी रहेपछि उपचारमा सहज भएको पीडित राजुकी पत्नी बिमायाले बताउनुभयो । आर्थिक अवस्था नाजुक रहेका कारण उपचारमा समस्या भएको थियो । उहाँले भन्नुभयो, “देश–विदेशमा रहनुभएका दाजुभाइको सहयोग र मायाले आर्थिक सङ्कलन भइरहेको छ ।”
उहाँका अनुसार पतिको उपचारका लागि हालसम्म बैंकमा करिब रु १४ लाख सहयोग सङ्कलन भइसकेको छ । श्रेष्ठको उपचारका लागि दमौलीमा घर भई हाल अमेरिकामा बस्दै आएका किरण पन्तको सक्रियतामा आर्थिक सङ्कलन भइरहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस