एजेन्सी – चीनको वुहानबाट शुरू भएर पूरा विश्वलाई आक्रान्त पारिसकेको कोरोना भाइरस संक्रमणको महामारी अहिले मानवजातिको सबभन्दा ठूलो शत्रुका रूपमा स्थापित भएको छ।
के गर्दा यो भाइरस सर्छ ? यसको संक्रमणबाट कसरी जोगिने ? संक्रमण भइहाले कसरी जीवन जोगाउने ? जस्ता प्रश्नका उत्तर खोज्न विश्वभरका स्वास्थ्य वैज्ञानिकहरू घोरिन थालेको धेरै भइसक्यो। यसक्रममा धेरैखाले तथ्यहरू वाहिर आएका छन्, भलै तिनको वैज्ञानिक प्रमाणीकरण भने भइसकेको छैन।
यसैक्रममा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य वाहिर ल्याएका छन्, ‘शौचालयमा फ्लस गर्दा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्छ।’
फिजिक्स अफ फ्लुइड्समा प्रकाशित एक शोध प्रतिवेदनमा वैज्ञानिकहरूले सार्स कोभ २ भाइरसवारे यस्तो भनाइ राखेका छन्।
शौचालयमा फ्लस गर्दा पानीका मसिना थोपाहरू तीन फिटभन्दा माथिसम्म उछिट्टिन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ। ती थोपाहरू हावामा मिसिएर छोटो समयको लागि त्यही रहने र शौचालयका भित्ता वा भुईँमा रहन सक्ने हुँदा संक्रमण फैलिन सक्ने वैज्ञानिकहरूले तर्क गरेका छन्।
सार्स-कोभ-२ बिरामीको मलमुत्रमा पनि भेटिने विभिन्न अध्ययनहरूबाट पुष्टी भइसकेको छ। कोभिड-१९ बाट निको भइसकेको मानिसको मलमुत्रमा हप्तौं पछिसम्म पनि भाइरस पाउन सकिने पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ।
तर, मलमुत्रमा पाइने भाइरस अरुमा सर्छ की सर्दैन भन्ने चाहिँ भने अहिलेसम्म पत्ता लागिसकेको छैन।
त्यसैले सुरक्षित रहनका लागि महामारीको समयमा केही अतिरिक्ति सावधानी अपनाउन अध्ययनकर्ताहरूले सुझाएका छन्। अझ बाथरुम आफ्नो परिवारबाहेक अरुले पनि प्रयोग गर्ने भए त थप सावधानी अपनाउनुको विकल्प छैन।
अन्वेशकहरूले लेखेका छन्, ‘मलमुत्र सार्स कोभ-२ लगायत धेरै भाइरसहरूको साझा प्रशारण मार्ग हो। त्यसैले मलमुत्रमा भएका जीवाणुलाई हात, कुनै कीरा, खानेकुरा वा पानीका माध्यमबाट मुखमा प्रवेश गर्न दिनु हुँदैन। भाइरस संक्रमणबाट जोगिन यो आधारभूत र महत्वपूर्ण काम हो।’
मलमुत्रमा रहेको भाइरसलाई शौचालय हुँदै शरिर प्रवेशबाट कसरी रोक्ने त ? अध्ययनकर्ताहरूले केही उपाय सुझाएका छन।
उनीहरूको सल्लाहअनुसार सबभन्दा सजिलो उपाय भनेको फ्लस गर्ने बेला कमोड वा प्यानको ढक्कन बन्द गर्नुपर्छ। जसले भाइरसलाई पानीसँगै हावामा उड्नबाट रोक्छ।
त्यति नै पर्याप्त भने हुँदैन। शौचालयको सिट पुछेर शंक्रमणमुक्त पनि पार्नुपर्छ। त्यसो गरे उछिट्टिएर सिटमा टासिएका भाइरसको यात्रा त्यहीँ रोक्न सकिन्छ।
शौचालयको काम सकिएपछि साबुन-पानीले कम्तिमा २० सेकेन्ड हातलाई रगडेर औलाहरू सफा गर्नुपर्छ। स्यानिटाइजरको प्रयोग पनि अर्को विकल्प हो। जवकि वैज्ञानिकहरू हात धोए पनि स्यानिटाइजर प्रयोग गर्न सुझाउँछन्। हातमा लगाएको स्यानिटाइजर नसुकेसम्म चाँही अरु काम गर्नु हुँदैन।
कोरोना भाइरस शौचालय फ्लशिङबाट फैलिएको सूचना अहिलेसम्म पुष्टि भइसकेको छैन। त्यसो त नोबल कोरोना नाम दिइएको यो भाइरस अत्यन्तै नौलो हो।यसको विषयमा अझैसम्म पनि कुनै ठोष प्रमाणित तथ्य वाहिर आउन सकेको छैन। सबथोक अध्ययन र अनुसन्धानको क्रममा रहेको छ।
एरिजोना विश्वविद्यालयका माइक्रो बायोलोजिस्ट चाल्स पी गरबालाई उद्धृत गर्दै वासिङटन पोष्टले लेखेको छ, ‘जोखिम शून्य पनि होइन। तर, कति ठूलो जोखिम हो भन्ने पनि थाहा भइसकेको छैन। शौचालयमा फ्लस गर्दा कति भाइरस संक्रामक हुन्छ र संक्रमणको लागि कति भाइरस आवश्यक पर्छ यो विषय पनि अझै अध्ययनकै चरणमा छ। त्यसैले सावधानी अपनाउनु सुरक्षित हुन्छ।’
अन्वेशकहरूले मलमुत्रको माध्यमबाट संक्रमण विस्तार हुन सक्ने विषयमा ठोष तथ्य पत्ता लगाउने उद्देश्यमा हाल कोभिड-१९ र ढल निकास बारेमा थप अध्ययनहरू गरिरहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस