काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अर्घाखाचीका रहेका छन् भने एक जना कैलालीका रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिका ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उनि निमोनियाबाट पीडित थिए र स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई शनिबार कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत उनको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
आत्महत्या गरेका अर्घाखाँचीको शितगंगा नगरपालिका ५ का देबबहादुर विकको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
विकको जेठ २४ गते आरडीटी पोजेटिभ आएपछि २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।
११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको स्थानीय पालिकाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस