कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् ।
आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको बताए ।
प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताएका छन् । उनका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको समस्या छ । अब नगरपालिकाले आफै भिटिएम खरीद गरेर स्वाब सङ्कलन गर्छ र परीक्षणका लागि पठाउँछ । सामुदायिक क्याम्पसलाई आइसोलेशन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताएका छन् । ‘प्लास्टिकको चामल खुवाइएको भनिएको छ हामी त्यसको छानबिन गर्छौँ, यदि त्यस्तो भेटिएमा जिम्मेवारीमा रहेकालाई कारवाही गर्छौं, नगर प्रमुख चौधरीले भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस