हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको कम्युनिष्ट आन्दोलनको भविष्य कोर्ने राष्ट्रवादी व्यक्तित्व गुमाएको घटना २७ वर्ष पुरानो भए पनि उक्त घटनाले हरेक नेपालीलाई आलो घाउ झैँ चस्किाइरहने बताएका छन् ।
चर्चित कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको २७औँ स्मृति दिवसका अवसरमा आज जननेता भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नवीन सिद्धान्त जनताको बहुदलीय जनवादमार्फत स्थापित गराउन सफल भएको बताएका छन् ।
हेटौँडाको शहीद स्मारक उद्यानमा अवस्थित भण्डारीको शालिकमा माल्यार्पण गर्न पुग्नुभएका मुख्यमन्त्री पौडेलले नेकपाले भण्डै दुई तिहाइको मत प्राप्त गर्नुमा मदन भण्डारीको विचार र कुशल सङ्गठक जीवराज आश्रितले तयार पार्नुभएको आधारको भूमिका रहेको उल्लेख गरेका छन् । उनले स्व भण्डारी र आश्रित कम्युनिष्ट कार्यकर्ताका लागि आदर्श नेताका रुपमा रहेका भन्दै उहाँहरुको आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेता भण्डारीको विचारको कदर गर्नसके नेपालको कम्युनिष्ट आन्दोलनले मूर्तता पाउने धारणा राखेका छन् ।
कोरोना भाइरसका कारण जारी ‘लकडाउन’ले १० जना मात्र सहभागी कार्यक्रममा स्वर्गीय नेताको शालिकमा माल्यार्पण, मौन धारणा तथा व्यक्तित्वमाथि प्रकाश पार्ने काम भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस