काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता स्व मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनीहरुको २७औँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जननेता मदन भण्डारीले तत्कालीन समयमा संसारभर घट्दोक्रममा रहेको कम्युनिस्ट विचारधारालाई नवीन विचार प्रतिपादन गरेर विश्वको कम्युनिस्ट आन्दोलनलाई चलायमान बनाएको उल्लेख गरेका छन् ।
“संसारको कम्युनिस्ट आन्दोलनलाई चलायमान बनाउने तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई नवीन विचारमार्फत स्थापित गराउने महान् जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले भने ।
पौडेलले सन्देशमा वर्तमान समयमा व्यक्ति र स्वार्थ केन्द्रित राजनीति हाबी भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा स्व नेताहरूको राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेर गरिने सेवाभावसहितको राजनीति सबैका लागि र सधैँका लागि प्रेरणा बन्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस