सुर्खेत- सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन शुरु गरेको बताएका छन् ।
“कच्चा पदार्थ आपूर्ति, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन्”, उनले भने, “खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखियो ।” कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ ।
राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए ।
छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ । जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसामानको उत्पादन गर्दा पनि बजारमा बेच्न सम्भव नरहेको बताए । हाल सरकारले खाद्यान्न, तरकारी र फलफूल पसल मात्रै खोल्न दिएको छ ।
अध्यक्ष रावतले उद्योग सञ्चालन सहजताका लागि जिल्ला प्रशासनका साथै प्रदेश सरकारसँग आफूहरुले छलफल गरिरहेको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस