बुटवल- मुख्यमन्त्री शंकर पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध बताएका छन् ।
यस अवसरमा आज शुभकामना दिने क्रममा उहाँले विगतमा भएका लोकतान्त्रिक आन्दोलन सफल पार्न नेपाली प्रेसले खेलेको सक्रिय भूमिकाप्रति सम्मान व्यक्त गर्दै पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार संस्थाको सबलीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा पनि नेपाली प्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने “सत्य, तथ्य र सचेतनामूलक सूचना प्रवाहले कोरोनाविरुद्धको लडाइँलाई सार्थक बनाउन अग्रमोर्चामा खटिएका सबैलाई हौसला मिलेको छ ।”
सत्य र तथ्यमा टेकेर जिम्मेवारीबोधका साथ पत्रकारिता गर्न आग्रह गर्दै उनले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन र स्थिरता दिन जिम्मेवारीबोधका साथ गरिने पत्रकारिताबाट मात्रै सम्भव हुने स्पष्ट गरेका छन् ।
“लोकतन्त्रमा कुनै खालको त्रास र भय हुँदैन । लोकतान्त्रिक प्रणालीमा चुनिएको सरकार सधैंँ स्वतन्त्र प्रेसका निम्ति अभिभावकीय भूमिकामा रहन्छ ”, सन्देशमा भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस