काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सुधार हँुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त न्यूनचापीय प्रणाली आजदेखि बाहिरिने क्रम शुरु भएकाले मौसम सुधार हुँदै जाने मौसमविद् बताएका छन् । प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख परिवर्तन भइरहन्छ । मौसमविद्का अनुसार प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने अपराह्न वा साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षा हुने हुन्छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको बताइएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । भोलि देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने बताएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस