भद्रपुर– नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिएका छन् । आजै बिहान भारतबाट १०० को हारहारीमा नेपाली यस नाकाबाट नेपाल भित्रिएका छन् ।
आइतबार भारतमा जनता कफ्र्यु लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टा आएका हुन् । नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका बन्द हुनुअघि नै भारत प्रवेश गर्ने भन्दै काँकडभिट्टामा जम्मा भएका हुन् ।
विगत तीन सातामा काँकडभिट्टा नाका भएर नेपालमा ८५ हजार र नेपालबाट भारततिर ८१ हजार जनाले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर आउजाउ गरेको समेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस