काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा निर्देशन समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले बैठकमा कोरोनाको जोखिममा सुदूरपश्चिम प्रदेश पनि रहेको अवस्थामा यसको रोकथाम र निगरानीका साथै आपूर्ति व्यवस्थामा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिएका छन् ।
बैठकमा अनावश्यक भीडभाड हुन नदिन, सङ्क्रमण भित्रिन सक्ने संवेदनशील क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न, सङ्क्रमित फेला परेको अवस्थामा रोकथाम तथा निगरानीको व्यवस्थापन प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई बताए । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकासमन्त्री, कैलालीका प्रजिअ, धनगढी उपमहानगरपालिकाका प्रमुखलगायत निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस