जाजरकोट – पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भने ।
पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौवटा स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उनले जानकारी दिए ।
बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवा समेत शुरु गरेको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक, प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामको स्वास्थ्य सेवा कार्यालय बाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मतहतमा आइसकेको छ । स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगर प्रमुख महतराले जानकारी दिए ।
भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवनहरु निर्माण कार्य जारी राखेको छ ।
त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले ७ नं वडाको छोटेबगर स्थित सिम्ली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ श्ययाको बनाइ सेवा शुरु गरेको छ । डा कविन बस्नेतले सेवा दिएका छन् । “संविधानमा गाउँपालिकामा १५ र नगरपालिकामा २५ श्ययाको अस्पताल हुने व्यवस्था गरिएअनुसार हामीले नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ श्ययाको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र एकजना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने तीनजना एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ ।
गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ । अस्पतालमा एक चिकित्सक सहित, नर्स, अहेब, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् । अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा शुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, परिवारयोजना, कुष्ठरोग निवारण, फार्मेसी, एम्बुलेन्स लगायत सेवा पनि प्रवाह भइरहेको छ ।
सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तह मध्ये अस्पताल शुरु गर्ने सानीभेरी दोस्रो स्थानीय तह हो । यसअघि आठबिसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठबिसकोट नगर अस्पताबाट जाजरकोट नलगाड नगरपालिकाका स्थानीय वासीले समेत सेवा लिन पाएका छन् । नगरपालिकाले अन्य सेवा समेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस