काठमाडौँ-निर्वाचन आयोग नेपालले लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ। आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफुले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउने उद्देश्ले चौथो निर्वाचन दिवसका अवशरमा अभियान सुरु गरिएको हो।
आयोगले मंगलबार निर्वाचन शिक्षा सम्बन्धि स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ। युएनडिपी इएसपीको सहयोगमा १७ प्रकारका निर्वाचन शिक्षा सम्बन्धि पुस्तिका सार्वजनिक गरिएको हो। समुदायमा आधारित संघसंस्था मार्फत निर्वाचन तथा मतदाता शिक्षालाई अगाडी बढाउन पहिलो तहका लागि रातो रंगमा मतदान, मतदाता नामावली, लोकतन्त्र, समावेदशीता र निर्वाचन गरी पाँच वटा पुस्तक प्रकाशन गरिएको छ। त्यसैगरी दोस्रो तहका लागि प्याजी रंगमा ६ वटा पुस्तक प्रकाशन गरिएको छ।
निर्वाचनको महत्व, मतदानको महत्व, मतदाता नामावलीमा नाम दर्ता, निर्वाचन र राजनीतिक दल, समावेशी निर्वाचन, परिवर्तन र निर्वाचन सम्बन्धि संवैधानिक व्यवस्था शीर्षकमा पुस्तक प्रकाशित गरिएको छ। यस्तै तेस्रो तहमा निलो रंगमा ६ वटा पुस्तकहरु निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र सामुदायिक संस्थाको भूमिका, नेपालको निर्वाचन प्रणाली, निर्वाचन र निर्वाचन चक्र, लोकतन्त्रका लागि निर्वाचन र समावेशीकरण शीर्षकका पुस्तिका प्रकाशन गरिएको छ।
प्रकाशित पुस्तिकाहरुले निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। निर्वाचन शिक्षा र निर्वाचनको महत्व आम नागरिकलाई बुझाउन नसकिएको भन्दै आलोचना भइरहेका बेला पुस्तिकाहरु प्रकाशित गरिएको उनले बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस