चौतारा-सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शंकास्पद रोगको लक्षण देखिएकाे छ। गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए। ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’ अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त संक्रमण फैलिएको छ। सुरुमा स्कुले बालबालिकामा देखिएको संक्रमण अहिले गाउँका २०१ जनामा फैलिएको बताएकी छिन्।
उपाध्यक्ष तामाङले भनिन, वडाले जानकारी गराउने वित्तिकै हामीले यहाँबाट औषधिसहित स्वास्थ्यकर्मीकाे टाेली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टोलीको सहयोगमा बिरामीलाई औषधि खुवाएपछि बिरामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’
तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टोली भाइरल प्रभावित गाउँ गुम्बा जाँदै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस