दोलखा – केही वर्षअघिसम्म दोलखामा जटिल प्रकृतिका रोगको उपचार हुँदैनथ्यो । जिल्लाभरका अस्पतालमा जटिल प्रकृतिका रोगको उपचार सेवा नभएपछि त्यस्ता बिरामीलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता थियो । उपचारका लागि काठमाडौँ जानुपर्दा उनीहरूले आर्थिक भारसँगै सास्ती पनि खेप्नुपथ्र्याे । समयमा उपचार नपाउँदा कतिपय बिरामीले त ज्यान पनि गुमाउँथे । तर, अहिले अवस्था फेरिएको छ ।
सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमै जटिल अवस्थाका बिरामीको उपचार हुने भएको छ । बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी प्राथमिक स्वास्थ्य केन्द्रले एचडियू सेवा (हाइ डिपेन्डेन्सी युनिट) अर्थात् उच्च निर्भरता एकाइ सञ्चालनमा ल्याएको हो । यो सेवा सञ्चालनमा आएसँगै जटिल अबस्थाका बिरामी, विषादी सेवन गरेका, श्वासप्रश्वासमा समस्या भएका दमका बिरामी, एक महिना भित्रका शिशु, मध्यम मुटुरोगीलगायत बिरामीको केन्द्रमै (प्रस्तावित चरिकोट अस्पताल) उपचार गर्न सकिने डा विनोद दङ्गालले बताएका छन् ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र जिल्लावासीलाई सहज तरिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भिमेश्वर नगरपालिकाले अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद गरी दिएको थियो । एचडियु सेवा सञ्चालन गरेसँगै अस्पतालका लागि रु १५ लाखभन्दा बढीको औषधिको आवश्कता पर्ने र थप जनशक्तिको अभाव हुनेभएका कारण २४सै घण्टा सेवा प्रदान गर्न त्यसको व्यवस्थापन भिमेश्वर नगरपालिकाले गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको भिमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले बताए । सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने जिल्लावासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस