काठमाडौं-नेपाल पर्यटनको प्रमुख कार्याकारी अधिकृत (सिईओ) मा डाक्टर धनन्जय रेग्मी छनोट भएका छन्।
नेपाल पर्यटन बोर्ड संचालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
छनोट उपसमितिले रेग्मी सहित दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर गरी ३ जनालाई सिफारिस गरेको थियो। समितिका अनुुसार रेग्मीले ३४, बस्ताकोटीले २६.३ र ऐरले २६.१ अंक प्राप्त गरेका थिए।
भू–आकृति बिज्ञानमा पिएचनेपाल पर्यटन बोर्डको सिईओमा रेग्मी नियुक्त रेग्मी स्याङ्जाका स्थायी बासिन्दा हुन्। जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता रेग्मी पर्यटन क्षेत्रका पनि विज्ञ हुन्।
सिईओ छनोट समितिको सिफारिसमा यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठको नाम समावेश नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका थिए।
ओलीले बोर्डको सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई श्रेष्ठको नाम जसरी पनि लिस्टमा समावेश गर्न भनेका थिए।
त्यही कारणले अधिकारीले गत सोमबार बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस