काठमाण्डौ-पशुपति क्षेत्र विकास कोषले हयात रिजेन्सी होटलले ओगटेको आफ्नो १७ रोपनी जग्गाको समयअनुसार भाडा पाउनुपर्ने माग गरेको छ। कोषले हयात रिजेन्सी होटलको सञ्चालक समितिसँग माग गरेको हो।
कोष सञ्चालक परिषद् अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले समयअनुसार न्याय हुने गरी भाडा उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।
हायात सञ्चालक समितिमा चार वर्षअघिसम्म तीन जना सरकारी प्रतिनिधि राखिएको थियो। शेयर पनि २२.६७ प्रतिशत थियो। सञ्चालक समितिको बैठकमा चार वर्षसम्म सरकारी प्रतिनिधिलाई समावेश गराइएन। त्यही मौका छोपेर २२.६७ प्रतिशत शेयर एकपक्षीयरुपमा झारी ९% बनाइएको थियो।
चार वर्ष अघिसम्म होटल सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष, समितिका एक जना सदस्य र संस्कृति मन्त्रालयका एक जना सहसचिव सदस्य रहने व्यवस्था थियो तर यो व्यवस्था एकपक्षीयरुपमा तोडेर सरकारी शेयर घटाउने र जमिनको भाडा कम दिने गरेको समितिले जनाएको छ।
चार वर्षपछि मङ्सिर २३ गतेको बैठकमा सरकारका तर्फबाट आफूले प्रतिनिधित्व गरेको थियो। सरकारी शेयर घटेको, कोषका नाममा रहेको जग्गाको भाडा कमलगायत अनियिमितताका विषयमा पुनःमूल्याङ्कन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले सांसद अग्निप्रसाद सापकोटाको संयोजकत्वमा उपसमिति नै गठन गरेर हयातमा सरकारी सम्पत्ति हिनामिना भएको सम्बन्धमा छानबिन गरेको थियो। त्यो प्रतिवेदन कार्यान्वयनका लागि सरोकार भएका सरकारी निकायलाई निर्देशन दिए पनि केही हुन सकेको छैन।
समितिका सचिव सुरज दुलाल उपसमितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइसकेको बताएका छन। पशुपतिको जग्गा भाडाका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको २०५० चैत १८ गतेको बैठकले नै पुनःमूल्याङ्कन गर्न निर्देशन पनि दिएको थियो । समितिले निर्देशन दिएको २६ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन।
पहिलेदेखि नै पशुपतिको जग्गाको बालीवापत् मात्र केही उब्जनी लिने चलन थियो। पशुपतिको जग्गाको एक रोपनीको एक मुरी धान, मकै वा कोदो दिने गर्थे। केही वर्षअघिदेखि एक मुरी उब्जनीको सट्टा रु दुई हजार नगद दिने व्यवस्था भएको कोषका निर्देशकले बताएका छन्।
नेपाल नागरिक उड्ययन प्राधिकरणले उपयोग गरेको पशुपतिको जग्गाको भने भाडा सरह नै प्राप्त हुने गरेको कोषले जनाएको छ। कोषले प्रतिरोपनी वार्षिक कम्तीमा रु. १० हजार भाडा पाउनुपर्ने माग गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस