काठमाडौँ-खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।
मन्त्री मगरले भन्नुभयो, “मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस्, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस् ।” छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिए। उहाँले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सम्पन्न भएको जानकारी दिए। सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस