निजगढ-पुस महिनाको अन्त्यसँगै माघे सङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’ पर्वको चहलपहल शुरु भएको छ। मध्यपूर्वी तराई क्षेत्रमा तिलासक्रान्तको रूपमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व बारासहित प्रदेश नम्बर २ का सबै जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै चहलपहल शुरु भएको छ।
खासगरी तराईका जिल्लाका साथै मिथिला क्षेत्रमा माघेसङ्क्रान्ति अर्थात तिलासङ्क्रान्त पर्वमा तिल, मुरही र चिउरालाई (सक्खर मिलाएर बनाइएका लड्डु) खाने/खुवाउने प्रचलन रहेको छ। आदिवासी थारु, दनुवार, बातर र मुसहर समुदायको यो खास पर्व हो। यी जाति वा समुदाय केही साता पहिलेदेखि नै ‘तिलासङ्क्रान्ति’ का लागि सामानको जोहो गर्न लाग्ने गरेका छन्।
मिथिलाञ्चलमा यो पर्वको समयमा घरमा छोरीचेली/ज्वाइँचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाउने र रमाइलोका साथ यो पर्व मनाउने गरिन्छ। मिथिलाञ्चलका अन्य समुदायमा यस पर्वमा साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बातर समुदायमा भने आआफ्नोे परम्पराअनुसार खसी, कुखुरा, हाँस र सँगुरको मासु खाने/खुवाउने परम्परा रहेको छ।
आउनै लागेको तिलासङ्क्रान्तको तयारी अन्य बस्तीमा भन्दा थारु बस्तीमा विशेष देखिएको छ। थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको व्यवस्था गरिसकेका छन्। मासुको व्यवस्थाबाहेक तिल, चिउरा र मुरही एवं छोराछोरीलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नोे समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको थारु अगुवा जयनारायण थारुले बताए।
वर्षमा एक पटक आउने चाड भए पनि हुनेखानेलाई मात्र चाडको रौनकले छोएको अर्का भुमे मुसहरको गुनासो छ। “हामी गरिबले भने पहिले नै चाडको सरसामानको व्यवस्था गर्नुपर्छ”, उनको भनाइ छ। तिलासङ्क्रान्त नजिकिएसँगै मिथिलाका बस्तीमा तिल कुट्ने, केलाउने र छाट्ने व्यस्तता बढेको छ। त्यसैगरी मुरही बनाउने र चिउरा कुट्ने चटारो पनि त्यतिकै देखिन्छ। पर्वका लागि बजारमा तिल, चिउरा र मुरही अहिलेदेखि नै भरिभराउ देखिएका छन्। यसबाहेक पर्वको सामान छोरीचेली र आफ्ना मितलाई कोसेलीस्वरुप पठाउने अनिवार्यजस्तै परम्पराले यो पर्वको तयारी मिथिलाञ्चलका लागि खास पर्व र महत्वको रहने गरेको छ।
माघेसङ्क्रान्ति आएपछि तरुल खन्ने र बजारमा लगेर बेच्ने किसान पनि खुशी भएका छन्। आफ्नो खेतमा लगाएको तरुलले अहिले गत वर्षको तुलनामा निकै राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन्। गएको वर्ष तरुलको मूल्य रु ३० किलोका दरले बिक्री वितरण भएको थियो भने अहिले प्रतिकिलो रु ५० देखि ८० सम्ममा बिक्री वितरण भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस