वीरगञ्ज-पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका-२५ का सिर्सियावासीले अब १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी (आईसीपी) बाट भित्रिने सवारी साधनहरु रोकिएको छ।
सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घण्टा आन्दोलन गरी विरोध जनाउँदै आएका छन्। आन्दोलनकारीहरुले आगो बाली शान्तिपूर्ण विरोध जनाउँदै यातायात ठप्प पारेका छन्। सरकारले सुक्खा बन्दरगाह विस्तारका लागि विगत तीन वर्षदेखि रोक्का राखेको ६२ बिघा क्षेत्रफलको उचित मुआब्जाको माग राख्दै आन्दोलनकारीहरुले गर्दै आएको आन्दोलनका क्रममा आज सुक्खा बन्दरगाह अगाडि चण्डाल चोकलगायतका ठाउँमा आगो बाली विरोध जनाउँदै आएका छन्। आन्दोलनको कारण सवारीसाधनहरु आवागमनमा गर्न रोक लगाइएको जनाइएको छ।
सो ठाउँमा थप भन्सार कार्यालय विस्तारका लागि सरकारले पछिल्लो तीन वर्षदेखि रोक्का राखेको सो जग्गाको उचित मूल्याङ्कन गरी बस्ती अन्यत्र सार्दा पूर्वाधारसहितको बस्ती बसाउनुपर्ने माग राख्दै सिर्सियावासीले आइतबारदेखि दिनको १२ घण्टा नियमित आन्दोलनको शुरुआत गरेका हुन्। सङ्घीय सरकारले जिल्ला मुआब्जा निर्धारण समितिमार्फत खेत भएको जग्गालाई प्रतिकठ्ठा रु २४ लाखदेखि ४८ लाख तथा घरघडेरी भएको जग्गालाई प्रतिकठ्ठा रु ४८ लाखदेखि ५५ लाखसम्म मुआब्जा तोके पनि सिर्सियावासीले उक्त मुआब्जाको मूल्य कम भएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए।
अति प्राचीन बस्तीको रूपमा रहेको सिर्सिया बस्तीमा विद्यालय, अस्पताल, मठमन्दिर, पोखरी, प्रहरी चौकीलगायतका पूर्वाधारहरु रहेकाले सरकारले बस्ती अन्यत्र सारी पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने आन्दोलनकारीहरुको माग छ। तीन सय घरपरिवार रहेको सो बस्ती ६२ बिघा क्षेत्रफलमा फैलिएको छ भने त्यसमध्ये १५ बिघा क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु रहेका छन्। सङ्घर्ष समितिले चलनचल्ती भाउमा जग्गाको मुआब्जा दिनुपर्ने वा पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने माग राखी लामो समयदेखि गर्दै आएको आन्दोलन आइतबारदेखि १२ घण्टामा परिणत भई अनिश्चितकालका लागि भएको छ। जाडो र सिरेटोको परवाह नगरी आन्दोलनमा महिलाहरुको समेत सहभागिता देखिन्छ । सङ्घर्ष समितिले मङ्सिरको अन्तिम साता गृह मन्त्रालयलाई उचित मुआब्जा तथा पूर्वाधारसहितको बस्ती बसाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस