डोटी-जिल्ला सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ। सदरमुकाममै हिमपात भएपछि स्थानीयवासी हिउँमा रमाइरहेका छन्। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुर क्षेत्रका स्थानीयवासी हिउँ खेल्न जिल्ला सदरमुकाम सिलगढी आइरहेका छन्। हिउँमा चिप्लेटी खेल्ने तथा हिउँमा रमाउन आएकाहरुका कारण जिल्ला सदरमुकाम सिलगढीमा अहिले चहलपहल बढेको छ । सदरमुकाममा मात्रै करीब आधा फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
हिमपातसँगै जिल्लामा अहिले हल्का वर्षसमेत भइरहेको छ। हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन निकै प्रभावित बनेको हो। बिहीबार रातिदेखि भइरहेको हिमपातका कारण सुदूरपश्चिमका डोटीसहित अन्य पहाडी र हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ। जिल्लाका लेकाली भेगमा बिहीबारदेखि भारी हिमपात भइरहेको छ।
जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनीलगायतका उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीय दीपकबहादुर खड्काले बताए। त्यस्तै अत्तरिया-स्याउले जोड्ने भीमदत्त राजमार्गमा पनि हिमपात शुरु भएको छ। बाक्लो हिमपात जारी रहे राजमार्ग अवरुद्ध हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिए। यस वर्ष डोटीमा तेस्रोपटक हिमपात भएको हो। बाक्लो हिउँ परेपछि यहाँका पानी नलाग्ने उच्च लेकाली क्षेत्रमा खेती सप्रिने आशामा किसान खुशी भएका छन्।
हिमपातले चिसो बढेकाले घर बाहिर ननिस्कन तथा झोलिलो खानेकुरा खान चिकित्सकले सबैमा सल्लाह दिएका छन्। त्यस्तै सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा तथा दार्चुला जिल्लामा बिहीबार रातिदेखि भारी हिमपात भइरहेको छ। हिमपातकै कारण बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार दिउँसोदेखि फेरि हिमपात भएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस