काठमाडाैं-उखु किसानले सरकार र उद्योगीबाट तीन अर्ब भुक्तानी नपाएको विषयमा संघीय संसद्मा प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले किसानलाई पैसा नतिर्ने उद्यमीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समिति बैठकमा पुगेका दुई किसानले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ नदिएको पीडा सुनाए । उनीहरूले सरकारबाट पाउने अनुदानसमेत नपाएको गुनासो गरे ।
पीडा सुनाउन संसदीय समितिमा पुगेका सर्लाहीका उखु किसान राजेश यादवले भने, ‘हामीले यति धेरै आन्दोलन गर्यौं । गुहार माग्दै काठमाडौं आयौँ । माइतीघर मण्डलामा पनि गयौँ । सडकपेटीमा पनि सुत्यौँ । तर, हामीले न्याय पाएनौँ ।’ अर्का किसान बेचन यादवले भने, ‘उद्योगले सरकारले तोकेको मूल्य पनि दिएका छैनन् । पाँचदेखि बीस प्रतिशतसम्म काटेर हिसाब गर्छन् । त्यसरी घटाएको रकम पनि दिँदैनन् । हाम्रो श्रमको हत्या भएको छ ।’
जवाफमा कृषिमन्त्री घनश्याम भुसालले सरकारले उखु किसानलाई न्याय दिलाउने आश्वासन दिए । मिल सञ्चालकहरूसँग समन्वय गरेर किसानलाई न्याय दिलाउने उनको भनाइ थियो ।
वर्षौँदेखि उखु किसानको पैसा नदिएका अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन भएकोसमेत उनले बताए ।
‘समस्या समाधानका लागि प्रयत्न गरिरहेका छौँ । हिजो मात्रै मैले उद्योगमन्त्रीसँग कुरा गरेँ । जो–जो भागेका छन् उनीहरूलाई सम्पर्कमा ल्याउन सकिएको छैन भन्ने जवाफ पाएँ । अगाडिदेखि नै थुप्रिँदै गएको पैसालाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सोचिरहेका छौँ,’ उनले भने ।
त्यस्तै, राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उखु किसानको पक्षमा आवाज उठाए ।
नेकपाका सांसद बलराम बाँस्कोटाले भने, ‘बक्यौता रकमको माग गर्दै आन्दोलन सुरु गरेका उखु किसानले अब सिंहदरबारसम्म प्रदर्शन गर्ने र भुक्तानी नपाएसम्म घर नफर्कने बताएका छन् । यो नयाँ समस्या होइन । वर्षौँदेखि मूल्य र भुक्तानीको कारण किसान मारमा परेका छन् । सरकारले तुरुन्त समस्या समाधान गर्नुपर्छ ।’
त्यस्तै, राजपा सांसद वृषेशचन्द्र लालले यो देश किसानको हो कि होइन भनेर प्रश्न गरे । ‘पाँच–सात वर्षदेखि उखुको पैसा नपाएर किसान काठमाडौं आएका छन् । यो देश किसानको हो कि होइन रु,’ उनको प्रश्न थियो, ‘किसानले उत्पादन गरेर दिएको वस्तुको मूल्य पाउँदैन र लागतको पनि ब्याज तिर्नुपर्ने अवस्था हुन्छ भने त्यो देशमा कृषि कसरी अगाडि बढ्छ ?’
समाजवादीका सांसद रामप्रीत पासवानले किसानको उत्पादनको मूल्यसमेत नदिने अवस्थाले समृद्धि र क्रान्तिको कुरा हास्यास्पद नारा भएको बताए ।
‘हामी समृद्धिको कुरा गर्छौँ । कृषिक्रान्तिको कुरा गर्छौँ । तर, किसानको भविष्य सुरक्षित छैन । एक महिना र वर्षको कुरा होइन । पाँच वर्षदेखि उखु किसानले मिलबाट भुक्तानी पाउन सकेका छैनन्,’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस