दमौली– तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।
कारागारमा स्वास्थ्य सहायकको दरबन्दी रहेको छ । “ यहाँ कार्यरत स्वास्थ्यकर्मी गत असोजमहिनादेखि समायोजन पछि अन्यत्र गएका र यसपछि अर्का स्वास्थ्यकर्मी नआएका कारण कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । ” कारागारका सूचना अधिकारी नारायण अधिकारीले भने ।
उनका अनुसार अहिले कैदीबन्दीलाई दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजानुपर्ने बाध्यता परेको छ । चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ ।
पैतीस जनाको क्षमता रहेको कारागारमा हाल कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरु देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीका नाइके विष्णुहरि घिमिरेले स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको गुनासो गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस