डोटी– सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ ।
अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनले भने , “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।”
इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।
नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति दु्रत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ ।
जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए । उनले भने , “इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस