भीमदत्तनगर– विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको सङ्ख्या वृद्धि भएको जानकारी दिए । उनले भने “सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको थियो । प्रजातिको सङ्ख्या ४५० पुगेको छ ।”
सन् २०१२को गणनामा ४२४ प्रजातिका चरा रहेको थियो । नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत यहाँ पाइने बताइन्छ । सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ । नेपालमा ८८७ प्रजातिका चरा रहेका वताइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन् ।
भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारसलगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेका निकुञ्जले जनाएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस