राँझा- बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो ।
दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको थियो ।
संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आइएको निकुञ्जले जनाएको छ । उनले भने ,“हरेक दुःख, सुखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिएका छन् , आगामी दिनमा दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।”
विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँकेमा मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ ।
निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको निकुञ्जले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस