एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो ।
उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएकामध्ये २४८ जना बालिका रहेका छन् भने १२८ बालकको उद्धार गरिएको छ ।
आवाज संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ७१ जना बालिकालाई उद्धार, यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ । त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ ।
संस्थाको तथ्याङ्कअनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ ।
यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालिन गृहमा राख्नुका साथै संस्थागत पुनःस्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताउनुभयो ।
शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन् । उहाँले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार, संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको बताउनुभयो ।
त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारीसे अवस्थामा रहेका बालबालिकाको पुनःस्थापनामा समस्या आएको छ ।
पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो पाइएको छ । बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन् । यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताउनुभयो ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस