काठमाडौँ- माडी उपत्यकामा पहिलोपटक डेङ्गु रोगको बिरामी भेटिएको छ । बघौंडा अस्पतालमा ज्वरोको उपचार गर्न आएका एकजना पुरुषमा डेङ्गु पोजेटिभ भेटिएको अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनले जानकारी दिनुभयो ।
भरतपुरमा रहँदा कुखुराको खोरभित्र काम गरेका उनमा डेङ्गु पहिचान भएको हो । लगातार तीन दिनसम्म ज्वरो आएसंगै उनी सो अस्पतालमा उपचारका लागि आएका थिए । तर उनको रगतमा प्लेटलेट्सको मात्रा राम्रो रहेकाले अस्पतालमा भर्ना नगरी घरमै आराम गर्न पठाइएको अस्पतालका मेडिकल अफिसर डा. टण्डनले जनाउनुभयो ।
यसैबिच, बघौडा अस्पतालले डेङ्गु रोगको निःशुल्क परीक्षण सुरु गरेको छ । डेङ्गु परीक्षणका लागि रु ८०० खर्च लाग्ने भएपनि माडी नगरपालिका जनस्वास्थ्य शाखाको सहयोगमा अस्पतालले निःशुल्क डेङ्गु परीक्षण आरम्भ गरेको हो । डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न र फोहर नगर्न तथा इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन अस्पतालले अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस