काठमाडौं : नेपाली सेनाले आज शिवरात्री तथा सेना दिवश विशेष कार्यक्रम गरी मनाउँदै छ । सेनाले दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विहान साढे १० बजेपछि विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिने र नयाँ स्थापना भएका गणलाई निशानी चिन्ह प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाउको छ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।
कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शनी गरिने सेनाले जनाएको छ । यस्तै प्यारासुटको माध्यमबाट फ्रि फल जम्पको पनि प्रदर्शन गरिने छ भने ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ । यसैबीच सेना दिवसको अवसरमा सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देशमा सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने उल्लेख गर्नुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस