कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्रमा स्थित महलिसागर बाँध अगाडिको ५१ नं पिलरमा पुगेको अभियान टोलीमाथि भारतीय एसएसपीले हस्तक्षेप गरेको छ ।
मोर्चाका केन्द्रीय सचिव परी थापा नेतृत्वको उक्त टोलीले त्यस क्षेत्रमा नेपाली भूभागमाथि भारतीय पक्षबाट अतिक्रमण गरिएको खबर आएपछि निरिक्षण तथा अनुगमनको राखेको थियो।
उकत क्षेत्रमा पुगेर स्थानीयसँग भेटघाट उक्त टोलीले गरेको र त्यहाँको समस्याका विषयमा सीमाक्षेत्रमै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका सचिव थापाले नेपाली भूभाग माथिको अतिक्रमण रोक्न भारतीय पक्षलाई कडा चेतावनी दिएका थिए ।
नारा जुलुश सहित त्यहाँ अभियान टोली पुगेको थियो । अभियान टोलीले भारतीय विस्तारवाद मुर्दावाद, नेकपा क्रान्तिकारी माओवादी जिन्दावाद, जस्ता नाराहरु लगाएका थिए ।
त्यसबाट त्रसित बनेको भारतीय प्रहरीको एक डफ्फा ड्रेस सहित हतियार बोकेर अभियान टोलीमाथि नियन्त्र गर्न उद्धत भएको टा्लीमा सहभागीले बताएका छन ।
उक्त कार्यक्रम सकेर फर्कने क्रममा अभियान टोलीको गाडीको चाँबी खोस्दै भारतीय प्रहरीले भारत बिरोधी नारा किन लगाएको, यहाँ कस्लाई सोधेर आएकाे भन्दै हस्तक्षेपको प्रयास गरेपछि अभियानमा रहेकाहरुले पनि त्यसको कडा प्रतिकार गरेका थिए ।
त्यहाँको अवस्था असामान्य बन्ने अवस्था देखिएपछि जिल्ला प्रहरी कार्यालयले भारतीय प्रहरसिँग समन्वयन गर्दै चाँबी फिर्ता मागेरको थियो । तर अभियानमा रहेका अभियन्ताहरुले भने भारतीय विस्तारवाद मुर्दावाद भन्न छाडेनन, एक जनाले हरपलसँग बताए ।
अहिले त्यहाँबाट अभियान टोली बजारतर्फ अघि बढेको बतायएको छ । अभियान आज रुपन्देहीतर्फ जाने बताइएको छ ।
अभियान टोलीमाथि भएको भारतीय प्रहरीको दादागिरीको विभिन्न संघ, संस्था र बुद्धिजिवी नागरिकहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस