सोल – शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ | उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादकाे ढाेका खुलेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।’
चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् । यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो ।
एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्, ‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् ।
सो जानकारीको जवाफमा राष्ट्रपति ट्रम्पले मेमा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका छन् । उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस