काठमाडाै – विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक रुपमा परेको छ। काठमाडौं उपत्यकामा आज विहानैदेखि अरु दिनको तुलनामा कम गाडी चलेका छन्।
आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले सोमबार बन्द आह्वान गरेको हो। प्रहरीले सोमबार विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीसहितका नेता कार्यकर्तालाई विराटनगरबाट पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेको जनाएको छ। देशका अन्य शहर बजारमा पनि बन्दको सामान्य प्रभाव छ। मोरङमा बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन्। तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी आज विहानै सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस