भक्तपुर- प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी साँसदहरुले यस्तो जोड दिएका हुन् ।
यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मूल्याङकन नगरीकनै हेटाँैडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् ।
प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटाँैडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका साँसद गोकुल बाँस्कोटाको भनाइ छ । उनले प्रदेश साँसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए ।
बाँस्कोटाले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गरे । मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारणा राखे ।
हेटौडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका साँसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राखे । हेटाँैडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाई छ ।
भक्तपुरका प्रदेश साँसद शसिजङ्ग थापाले कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सरकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको बताए ।
थापाले प्रदशेसभामा यो बिषयले एजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए । भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्को बिरोध समेत नगर्ने बताए ।
कार्यक्रममा दुइ जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस