सोल – सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन्।
वर्कर्स् पार्टीकी वरिष्ठ अधिकारी समेत रहेकी किम यो-जङ वर्तमान किम परिवारबाट सीमापारि जाने पहिलो सदस्य हुनेछिन्।दुवै कोरियाले उद्घाटन समारोहमा संयुक्त झण्डामुनि सँगसँगै मार्च गर्नेछन्।
शीतकालीन ओलिम्पिक्स खेलमा उत्तर कोरियाको सहभागितालाई दुई देशको सम्बन्ध सुधार तर्फको कदमका रूपमा हेरिएको छ।तर संयुक्त राज्य अमेरिका र जापानसहित अन्य देशहरूले उत्तर कोरियाले ‘शीतकालीन ओलिम्पिक्स’लाई प्रोपागाण्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
सन् १९८७ मा जन्मेकी भनिएकी उनी दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी र किम जङ-उनकी सहोदर बहिनी हुन्।शक्तिशाली मानिएका पार्टी सचिव चोय रियोङ-हायका छोरासँग उनको बिहे भएको बताइएको छ।
हालैका वर्षहरूमा उनी छिटपुट रूपमा संचारमाध्यममा छाइरहेकी छिन्। उनको मुख्य भूमिका भनेको पार्टीको प्रोपोगान्डा विभाग सम्हालेर आफ्ना दाजुको छविको रक्षा गर्ने हो।
उत्तर कोरियामा भएका भनिएका मानव अधिकार उल्लंघनका घटनाहरुको सम्बन्धमा अमेरिकाले उनलाई कालो सूचीमा राखिरहेको छ | उनलाई ओलिम्पिक्स्मा पठाएर किम जङ-अनले दक्षिण कोरियासँग सम्बन्ध सुधारमा गम्भीर रहेको संकेत दिएको ठानिएको छ।
तर अझ पनि उनको दक्षिण कोरिया भ्रमणलाई लिएर थुप्रै चुनौती छन्। हुन त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को यात्रा प्रतिबन्धको सूचीमा उनको नाम छैन। तर मानव अधिकारको विषयलाई लिएर उनीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ। साथै उनी खेलकुदस्थलमा कसरी पुग्नेछिन् भन्नेबारे पनि प्रश्नहरू रहेका छन्।
उत्तर कोरियाली खेलाडीहरूलाई सहभागी हुन दिन समेत सोलले अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायका अन्य सदस्यहरुसँग विशेष अनुमति लिनु परेको थियो। अब किम जङ-अनकै परिवारका सदस्यको यात्राको लागि सोलले फेरि अनुमति लिनुपर्ने हुनसक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस