२२ माघ, काठमाडौं । साझा यातायातले सार्वजनिक यातायातका लागि नेपालकै पहिलो सेमी लो-फ्लोर -ज्यान) काठमाडौं ल्याएको छ । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस भएको छ ।
भारतीय कम्पनी अशोक ले-ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएको हो । अब यो बस रूट पर्मिट लिएर सञ्चालनमा अाउनेछ ।
साझाले एउटा सेमी-लो फ्लोर बससहित २० वटा सिटी बस र ल्याउन लागेको छ । यो बस झण्डै ३५ लाखमा किनिएको साझा यातायातले जनाएको छ ।
बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिएका थिए ।
यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।
साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । लो फ्लोरको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ ।
यो बस एकदमै मिलेको र सम्म सडकमा मात्र चल्छ । यो बस सामान्यभन्दा बढी महंगो हुन्छ ।
यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई विशेष लिफ्टको जरुरत पर्ने छैन । यो बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छ । यो खाल्डाखुल्डी कम भएका सडकमा मात्रै गुडाउन मिल्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस