काठमाडौं – नेपालमा दैनिक ८ सय ८५ जना महिलाले गर्भपतन गर्ने गरेको तथ्याङक सार्वजनीक भएको छ। वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र अमेरिकाको गुडमाकर इन्स्टिच्यूटले नेपालमा गरेको अनुसन्धानबाट त्यस्तो तथ्य सार्वजनीक भएको हो।
‘नेपालमा अनिच्छुक गर्भ र गर्भपतनको स्थिती’ विषयमा १५ वर्षदेखि ४९ वर्ष भित्रका महिलामा गरेको अध्ययनले यस्तो देखिएको हो।
मंगलबार पोखरामा सार्वजनीक गर्दै वार्षिक ३ लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेका छन्। नेपालमा सन् २००४ देखी करिब ९ लाखले गर्भपतन गराइसकेको अनुसन्धानकर्ता तथा कृपाका सहनिर्देशक डा महेश पुरीले जानकारी दिए। उनले शुरुवाती कालमा अत्यन्त न्यून मात्रले सेवा लिएको र हाल यो संख्या बढेको बताए।
तथ्याङ्क अनुसार गर्भपतन गरेका मध्ये ४२ प्रतिशतले मात्रै सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्ने गरेका छन्। अन्य ५८ प्रतिशतले अवैध रुपमा सञ्चालनमा रहेका क्लिनिकमा गएर गर्भपतन गराउने गरेको अध्ययनमा दाबी गरिएको छ। बैध रुपमा गर्भपतन गराउने मध्ये ३७ प्रतिशतले मात्र सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशतले एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले नीजि स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको पुरीले बताए।
पश्चिमाञ्चलमा भने ४९ प्रतिशतले एनजिओद्वारा सञ्चालित स्वास्थ्य संस्थामा, ३८ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा र १३ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ। नेपालमा कुल गर्भ मध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। अनुसन्धान अनुसार नेपालमा मध्यमाञ्चलमा सबैभन्दा धेरै ५९ प्रतिशत र सुदुरपश्चिमाञ्चलमा सबैभन्दा कम ३४ प्रतिशत अनिच्छुक गर्भ रहने गरेको उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस