सोल – नेपाल मगर संघ गणतन्त्र कोरियाको आठौँ अधिबेशनबाट पुन: खड्ग थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।
सोलको झोगेसा बौद्ध गुम्बामा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल मगर संघ केन्द्रको ३५ औँ स्थापना दिवश तथा सम्मान कार्यक्रम गरिएको थियो |
मगर संघ कोरियालाइ विभिन्न तवरले सहयोग गर्नु हुने खेलाडी,कलाकार तथा समाजसेवीहरुलाई खादा र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
३५ औँ नेपाल मगर संघको स्थापना दिवसको अबसरमा विभिन्न क्षेत्रमा रहेर मगर जातीको हकहितमा बोल्दै आउनु भएका अतिथीहरुले समग्रमा शुभकामना ब्यक्त गरेका थिए |
दोश्रो चरणको कार्यक्रम भने आठौं अधिबेशनका निर्बाचन मण्डलका सदस्य याम श्रीसमगरले संचालन गरेका थिए | अत्यन्त सौहार्दपुर्ण वातावरणमा सन्चालन भएको उक्त कार्यक्रममा बन्द सत्रको निर्बाचन मण्डलको संयोजकमा नबिन कालामगर सदस्यहरु सदस्यहरुमा मीना थापा मगर , खगेन्द्र बुढा मगर, याम श्रीस मगर र गुन राना मगर रहेका थिए |
बन्दसत्रमा सातौँ कार्यसमितिको प्रगति बिबरण निबर्तमान महासचिब सुब्बा राना मगरले प्रस्तुत गरेका थिए भने संघ करिब पन्ध्र करोड कोरियन वन बराबरको आर्थिक प्रतिबेदन संघकै चौथो पटक सम्म निर्बिरोध चयन भएका कोषाध्यक्ष मन प्रसाद रोका मगरले प्रस्तुत गरेका थिए |
प्रबासी भुमी कोरियामा रहेका सम्पुर्ण मगरहरुलाइ समेट्ने गरि समानुपातिक रुपमा पदाधिकारीहरु सर्वसम्मतले चयन गरिएको थियो । उक्त अधिबेशनमा १६ जना कार्यसमिति सदस्य चयन गरिएको र घटिमा १९ र बढिमा 21 सदस्यीय कार्यसमिती बनाउने जानकारी नवनिर्बाचित अध्यक्ष खड्ग थापा मगरले जानकारी दिए |
सोही अबसरमा नेपालमा डा. महाबिर पुन द्वारा राष्ट्रिय आविस्कार केन्द्रको स्थापनार्थ संचालन गरिएको महाअभियानको लागि मगर संघ कोरियाले संकलन गरेको करिब ४0,00 ,000 (चालिख लाख वन ) सहयोग रकम संघका संरक्षक अप्त पुन लाई हस्तान्तरण गरिएको छ । उक्त रकम छिट्टै नेपाल पठाईने संघले जानकारी दिएको छ ।
नवगठित कार्यसमिति
अध्यक्ष – खड्ग थापा मगर
ब.उपाध्यक्ष – सिपी मगर
उपाध्यक्ष-:नगेन्द्र थापामगर
उपाध्यक्ष – रामप्रसाद रोका मगर
महासचिब- तुल चोचाङ्गी मगर
सचिब – टेक बहादुर पुन
कोषाध्यक्ष – मनप्रसाद रोकामगर
सह- कोषाध्यक्ष – जीत सारुमगर
सदस्यहरु – टेक राना मगर
टीका मास्कीमगर
सुनिल घर्तिमगर
रामचन्द्र बुढामगर
लक्ष्मी घर्तिमगर
सुर्य गर्बुजा
निर्मल घर्तिमगर,
उमेश थापामगर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस