काठमाडौं – विद्युत चोरीको संगठित गिरोहकै कारण लोडसेडिङको मात्रा बढेको र उपलब्ध विजुलीको न्यायिक वितरण नभएको बहस चुलीरहेका बेला महानगरिय प्रहरी अपराध महाशाखाले विद्युत चोरीमा संगठित गिरोहमा आवद्ध १६ जनालाई पक्राउ गरेको छ। विद्युत प्राधिकरणकै उपल्ला कर्मचारी, मिटर रिडर, प्राविधिक कर्मचारी र पूर्व कर्मचारीको संग्लनताले विद्युत चोरीको संगठित गिरोहको आम आशंकालाई बल पुर्याएको छ।
महाशाखाले प्राधिकरणको बालाजु शाखाका सुपरभाईजर सुमन श्रेष्ठसहित प्राधिकरणको रत्नपार्क स्थित प्राधिकरणको वितरण तथा सेवा निर्देशनालयका बरिष्ठ सहायक दिलबहादुर साउद, सोही कार्यालयका मिटर रिडरहरु मनिज श्रेष्ठ, ओम ढुंगाना, प्रदिप शर्मा, श्याम बस्नेत, ठाकुर मर्हजन, काठमाडौं स्थित शाखाका प्राविधिक कर्मचारी टहलबहादुर कार्की, हेटौडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका मिटर प्राविधिक कर्मचारी अच्युत खडा र लगनखेल शाखाका मिटर रिडर सुर्यबहादुर थापालाई पक्राउ गरेको छ।
त्यस्तै प्राधिकरणको भक्तपुर शाखाका पूर्व सुपरभाईजर भगवान पाण्डेसमेत सोही आरोपमा पक्राउ परेका छन्। महाशाखाले गिरोहसँग मिलेर थोरै विद्युत महशुल तिर्ने चार ब्यवसायीसमेत पक्राउ गरेको छ। गोर्कणेश्वर नगरपालिका १३ स्थित मञ्जुश्री खानेपानी व्यवसायीका संचालक कुमार लामा, गौशालामा मिठाई पसल चलाएर बसेका भारतिय नागरिक तपन घोष, नक्सालस्थित कपास ब्यापारी भारतिय नागरिक परवेज आलम र अनामनगरस्थित रामेश्वरम मिठाई पसलका संचालक रामेश चुडालसमेत पक्राउ परेका छन्।
विद्युत चोरीको संगठित गिरोहको हप्तौदेखीको निगरानीपश्चात महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो। महाशाखाका अनुसार सुरुमा मिटर रिडरहरुले व्यवसायी र घरधनीलाई मिटरमा जती रकम उठेपनि थोरै पैसा तिरेर उम्कन मिल्ने उपाय सुझाउँछन्।
मिटरमा जति रकम उठेपनि मिटर रिडरले थोरै रकम उठेको बिल तयार पार्छन र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरमा लगाइएको सिलबन्दी तोडेर मिटर उल्टो घुम्ने बनाउँछन् । त्यसपछि मिटर जुन अंकमा पुगेको भए पनि विलमा चढाइएको रकमकै ठाउँमा मिटरको नम्बर आईपुग्छ।
महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार यस्तो थुप्रै गिरोह छन्, तर सबै संगठित छन्। उनले भने, ‘गिरोहहरु धेरैजसो बिजुली धेरै खपत हुने क्षेत्रमा खटिएका देखिन्छ ।’ बिजुली धेरै खपत भएपनि कसरी कम शुल्क तिर्न सकिन्छ भन्ने उपायको खोजीमा रहेको ब्यवसायीको सम्र्पकमा पुगेको मिटर रिडर र प्राविधिक कर्मचारीले त्यसपछि सेटिङ तयार पार्छन।
प्राधिकरणका उपल्ला कर्मचारीको मिलेमतोमा तयार हुने यस्तो ‘सेटिङ’ पछि ब्यवसायीसँग मोटो रकम लिईन्छ र बाँडीचुडी भाग लगाइन्छ । विद्युत खपत भन्दा थोरै शुल्क तिर्न पाएपछि ब्यवासायी पनि खुशी हुन्छन्।
कतीसम्म भने प्राधिकरण बालाजु शाखाका सुपरभाईजर सुमन श्रेष्ठ अक्सर कार्यकक्षमा भेटिदैनथे। कार्यालय समयमा पनि उनी बा ५ च ३४५१ नम्बरको निजी गाडीमा बौद्ध, वालाजु र मण्डिखाटार क्षेत्र घुमीरहन्थे। गाडीको डिक्कीमा विजुलीको मिटर रिडरको सिल, मिटर खोल्न आवश्यक पर्ने उपकरण, मिटर विर्गान आवश्यक पर्ने तार लगायतका प्राविधीक सामाग्री सधै बोकीहिडथे।
महानगरिय प्रहरी अपराध महाशाखाको पछुवा टोलीले केहीदिनयता श्रेष्ठको गतिविधी निगरानी गरिरहेको थियो। अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारका अनुसार श्रेष्ठ निजी घरका अलावा धेरै विजुली खपत गर्ने उद्योगमा लुसुक्क छिर्थे र बिजुली खपत जति भए पनि थोरै रकम उठाईदिने ‘डिल’ गरेर फर्किन्थे।
महाशाखाको टोलीले शनिबार साढे चार बजे मण्डिखाटारस्थित घरमा मिटर बिगारिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरेको हो । उनी सहित विजुलीको मिटर बिगार्ने र थोरै महशुल उठ्ने बनाउने गिरोहमा नेपाल विद्युत प्राधिकरणका ७ मिटर रिडर सहित ११ कर्मचारी, १ पुर्व कर्मचारी र धेरै बिजुली खपत गरेर थोरै शुल्क तिर्ने चार ब्यसायीलाई पक्राउ गरेको छ। आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ।
प्रहरीका अनुसार विद्युत प्राधिकरणका मिटर रिडर देखी मिटर सिलबन्दी गर्ने कर्मचारी र प्राधिकरणका अधिकृत तहका कर्मचारीको मिलेमतोमा वर्षौंदेखि यस्तो धन्दा चलिआएको थियो । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले यस्तो संगठित धन्दालाई गिरोहको संज्ञा दिदै भने, ‘लोडसेडिङमा अझै धेरै मलजल गर्ने र प्राधिकरणलाई टाट पार्ने गिरोह सक्रिय रहेको पुष्टी भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस