काठमाडौं-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित पहिलो उपचार सहयोगी, भत्केका संरचनामा खोजी तथा उद्दार र विपद् पश्चात शव व्यवस्थापन चौथो समूहको तालिम समापन भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी वरिष्ठ उपरीक्षक ठुले राईले शुक्रवार महाशाखामा आयोजित एक समारोहविच प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेका व्यसायीक ज्ञान,सीपलाई कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताए ।
समारोहमा तालिम संयोजक प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत पुस १ गतबाट शुरु भएको २४ कार्यदिन रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक १३ र प्रहरी जवान १५ गरी कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
विपद् घटनाबाट हुन सक्ने विभिन्न आकस्मिकताहरु बारे विश्लेषण गरी प्राथमिक उपचार दिन तथा सुरक्षित तरिकाले विरामीलाई अस्पताल पु¥याउन, भत्केका संरचनामा सुरक्षित रुपमा प्रवेश गरी उचित औजार उपकरण तथा उद्दार रणनिति प्रयोग गरी घाईतेको उद्दार गर्न, शव व्यवस्थापनका चरणहरु बारेमा जानकारी दिई उचित तरिकाले विपद् पश्चात शव व्यवस्थापन गर्न प्रशिक्षार्थीहरुलाई उद्धारकार्य सम्वन्धी आवश्यक ज्ञान, सीप प्रदान गरी दक्ष उद्धारकर्मी तयार गर्नु तालिमको प्रमुख उद्धेश्य रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस