सोल – किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ ।
किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ ।
उत्प्रेरणा कक्षामा दक्षिण कोरियाको इतिहास र कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा शिक्षा प्रदान गरिने छ । दोश्रो चरणमा आधुनिक प्रबिधिको तरकारी खेती प्रणाली , बालीहरुमा अपनाइने उन्नत प्रणालीहरुका बिषयमा कक्षा संचालन हुनेछ । साथै युवाहरुले ग्रिन हाउस निर्माण र संचालन प्रक्रियाको पनि शिक्षा प्राप्त गर्नेछन ।
कृषि तालिममा औजारहरुको प्रयोग बिधि सिकाउने ग्लोबल सेन्टरले जानकारी गराएको छ । कृषि औजारका प्रयोग र मर्मत गर्ने तरिकाहरु व्यवहारिक शिक्षामा प्रदान गरिने छ । कृषि क्षेत्रमा नेपालमा उच्चतम प्रयोग गर्न सकिने हाते ट्रयाक्टरको संचालन तथा मर्मत बिधिको व्यवहारिक ज्ञान पनि युवाहरुले प्राप्त गर्नेछन । तालिमको अन्तिम चरणमा प्राप्त ज्ञानको माध्यमबाट युवाहरुले बाली उत्पादन पनि गर्नुपर्छ ।
युवाहरुले प्रत्येक आइतबार एक देखि पाँच बजेसम्म कृषि कक्षा लिनुपर्छ । एक बर्षे तालिम समयमा सेन्टरले आधा समय कक्षा तालिम दिनेछ भने बाकी समय युवाहरुले फर्म क्षेत्रमा कार्य गर्नुपर्छ ।
किम्हे नगरपालिकाको कृषि तालिम केन्द्रमा कक्षा संचालन गरिने छ । कृषि तालिमका लागि सेन्टरलाई किम्हे नगरपालिकाले दक्ष प्राविधिक तथा प्रशिक्षक उपलब्ध गराउने छ । नगरपालिकाको कृषि फर्ममा युवाहरुले दक्ष प्राबिधिक मार्फत प्रशिक्षण लिनेछन ।
कृषि तालिम लिन इच्छुक युवाहरुले अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा आधारभूत कोरियन भाषा , तालिम लिन इच्छाशक्ति र निरन्तरता लगायतका बिषयमा प्रश्नहरु सोधिनेछ । तालिम पश्चात नगरपालिकाले उपलब्ध गराएको जग्गामा उब्जाउ गरि देखाउन पर्नेछ । नेपाल फर्के पश्चात जीविकोपार्जन गर्नसक्ने कृषि कर्मी बनाउने उदेश्य रहेकोले युवाहरुको तालिममा निरन्तरता अनिवार्य रहेको किम्हे ग्लोबल सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।
तालिम लिन इच्छुक र दुरी टाढा रहेका युवाहरु किम्हे माइग्रेन्ट हाउसमा सनिबार बास बसि आइतबार कक्षा लिन सक्नेछन । मार्चको पहिलो साता देखि तालिम संचालन गरिने सेन्टरले जनाएको छ । कृषि तालिम अन्य सहरमा पनि विस्तार गरिने सेन्टरको अवधारणा रहेको छ । कोरियाका अन्य क्षेत्रमा रहेका युवाहरुको लागि सम्बन्धित नगरपालिकासंग एमओयु गरि तालिम संचालन गरिने सुबेदीले बताए ।
प्राप्त सिप नेपालमा प्रयोग गर्ने युवाहरुको लागि सेन्टरले समन्वय गर्नेछ । युवाहरुले स्वदेशमा संचालन गरेको फर्मलाई सेन्टर मार्फत किम्हे नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । नेपालमा पनि कृषि तालिम केन्द्र संचालन गर्ने सोच रहेको सुबेदीले जानकारी गराए ।
अधिकांश नेपाली युवाहरु उधोग क्षेत्रमा रहेकोले नेपाल फर्के पश्चातको सिप प्रयोग बिहिन भएको छ । कृषि क्षेत्रमा कार्य गरि फर्केका तर जीविकोपार्जन त्यहि क्षेत्र रोजेका युवाहरुको संग्ख्या नगन्य छ । टनेल खेति र बंगुर फर्ममा कार्य गरि फर्केका युवाहरु सिप स्वदेशमा न्यून प्रयोग भएको छ । दक्षिण कोरियामा तिन रोपनी जग्गामा एक परिवार पालिएर दुइ जना कामदारलाई रोजगारी दिन सकिने अवस्था रहेको छ ।
मिति:-जनवरि १तारिक आइतबार
स्थान:-किम्हे माइग्रेंट हाउस
समय:-दिनको ठीक २बजे देखि
सम्पर्क नं:०१०-६३००-०९०२(यज्ञराज सुबेदी)
०१०-६५१०-८६४३(हरी थपालिया)
०१०-९५०६-३२०७(रमेश उप्रेती)
ठेगाना:-김해시 서상동 10-1번지
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस