काठमाडौँ – कोरियाले २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ ।
पछिल्लो समय कोभिड–१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो ।
कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका हुन् ।
लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार जान पाएका छैनन् । नेपाललगायत केही देशबाट रोजगारका लागि धेरै मात्रामा गए पनि विदेशी कामदारले प्रवेश नपाउँदा कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुँदै हुन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस