सोल-कोरोना संकटका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरुमा कामदारको आभाव हुन थालेको छ ।
विदेशी आप्रवासी कामदारहरुमा निर्भर त्यस्ता कम्पनिमा कोरोनाका कारण आप्रवासी कामदार नपाईए पश्चात मजदुर संकट भएको हो ।
दक्षिण कोरियामा रहेका १,०६२ साना तथा मझौला उद्योगहरुले आप्रवासी कामदारका लागि आवेदन दिएकोमा मागको ५२ प्रतिशतले मात्र कामदार व्यवस्थापन गर्न सकिएको साना तथा मझौला उद्योग व्यवसायीहरुले बताएका छन् । ति कम्पनिहरुमा काम गर्न ई-9 भिसा अन्तरगतका अदक्ष कामदार ल्याईने गरिएकोमा कोरोना महामारीका कारण कामदार संख्या अपुग भएका कारण सामानहरुको उत्पादन समेत पुर्ण क्षमतामा हुन नसकेको उनीहरुले बताएका छन् ।
कम्पनिका अनुसार कोरोना संक्रमणका कारण विश्वका विभिन्न देशहरुले गराएका हवाई यात्रा प्रतिवन्ध तथा कोरियाली सरकारले गरेको विदेशी नागरिकको कोरिया आगमनमा कडाई मुख्य कारक रहेका छन् ।
दक्षिण कोरियाको मजदुर तथा रोजगार मन्त्रालयका अनुसार यस बर्षको मध्यसम्म आइपुग्दा कोरिया प्रवेश गर्ने विदेशी कामदारको संख्या २००० को हाराहारीमा रहेको छ । उक्त संख्या सरकारको आँकलनको ७ प्रतिशत मात्र हो । सरकारी तथ्यांक अनुसार उक्त संख्या सन् २०१५ को भन्दा पनि धेरै न्युन हो । सन् २०१५ मा २६ हजार आप्रवासी कामदार कोरिया आएका थिए ।
कोरियाका विभिन्न साना तथा मझौला कम्पनिहरुले सरकार सँग कामदार माग गरिरहेका भएता पनि संक्रमणका कारण मार्च २६ यता कोही पनि आप्रवासी कामदार कोरियामा नआएका कारण कामदार संकट चुलिएको उनीहरुले बताएका छन् । हाल रिक्त रहेका कामदार दरवन्दीमा काम गर्न कोरियाली नागरिकहरुले रुचि नदेखाएका कारण पनि समस्या थपिएको उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस