सोल-कोरोना संक्रमणका कारण ध्वस्त बनेको श्रम बजारले गति लिन नसक्दा दक्षिण कोरियामा रोजगार गुमाउने मानिसहरुको संख्याले नयाँ रेकर्ड कायम गरृको छ ।
अधिकांश श्रम क्षेत्र बन्द हुनु, खुल्ला भएका श्रम क्षेत्रहरु पुर्ण क्षमतामा चल्न नसक्नु तथा मानिसहरुमा त्रास कायमै रहनु यसका प्रमुख जिम्मेवार पक्ष रहेका छन् ।
सरकारी तथ्याङ्कका अनुसार मे महिनामा तीन महिना भन्दा कम समयका लागि जागिर खोज्ने मानिसहरुको संख्या ७ लाख ३५ हजार पुगेको छ । सरकारी अधिकारीका अनुसार सो संख्या गत वर्षको सोहि समयको भन्दा धेरै माथि हो । गत बर्ष सोही समयमा १,०७,००० जनाले जागिर खोजेका थिए ।
दक्षिण कोरियाली सरकारले कोरोना संक्रमण सुरु भए पश्चात सामाजिक दुरीलाई कडाई गर्दै आर्थिक गतिविधिलाई समेत खुम्च्याएको थियो ।
यस बाहेक कोरियाका उद्योगहरु चीनमा आश्रीत भएको तथा चिनबाट सामाग्री आयात निर्यात गर्ने वातावरण नबन्दा दक्षिण कोरियाको रोजगार क्षेत्र तहसनहस भएको हो ।
सरकारले निश्चित साबधानी अपनाएर सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न भनेता पनि मानिसमा ब्याप्त मानसिक त्रास तथा भयका कारण उनीहरु कार्यक्षेत्र जान नमान्ने तथा कैयौँ कम्पनिहरु टाठ पल्टिएका कारण पनि दक्षिण कोरियाको रोजगार बजारमा यति ठूलो संकट आएको विज्ञहरु बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस