सोल-कोरोना संक्रमणका कारण दक्षिण कोरियाको रोजगार व्यवस्थामा पनि व्यापक असर परेको छ ।
सन् १९९९ यताकै चरम बेरोजगारीको समस्या हाल दक्षिण कोरियाले भोगिरहेको छ । समाचारहरुका अनुसार कोरियाका ५ लाख बढीले प्रत्यक्ष रोजगार गुमाइसकेका छन् ।
सरकारले भने सो समस्यालाई सम्बोधन गर्नका लागि करिव १५ लाख ६० हजार बढीलाई रोजगार दिने महत्वकांक्षि योजना सहित अगाडी बढेको छ ।
अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले रोजगार बजारलाई व्यवस्थापन गरि पुन: रोजगारीका अवसरहरु सृजना गर्न सरकार तल्लिन भएर लागेको बताएका छन् ।
सार्वजनिक क्षेत्रका करिव १० लाख रोजगार कोरोना भाइरसबाट बच्न अपनाइएको सामाजिक दुरीका कारण सुचारु गर्न नसकिएको पनि अर्थ मन्त्री होङले बताएका छन् ।
कोरोनाको असर कम हुने बित्तिकै सरकारले ति कामहरु सुचारु गर्ने उनले बताएका छन् । रोजगार कार्यक्रम अन्तरगत नै ५ लाख ५० हजार युवाका लागि अर्को रोजगारको प्याकेज सार्वजनिक गरिन लागिएको पनि उनले बताएका छन् ।
अर्थमन्त्रीका अनुसार सरकारले कोरोना संक्रमणबाट प्रभावित सम्पुर्णलाई सहयोग गर्न विशेश प्याकेज अगाडी बढाएको पनि बताएका छन् । निजी क्षेत्र तथा स्वतन्त्र मजदुर र कर्मचारीको जिवनस्तर सुधार्नका लागि समेत सरकारले विशेश प्याकेज सार्वजनिक गर्न लागेको उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस