सोल- दक्षिण कोरियाली प्रधानमन्त्री चुङ से क्युनले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशी कामदार बार ध्यान आकर्षण गराएका छन् ।
भिसा नभएका कारण पक्राउ तथा देश निकाला गरिने डरका कारण लुकेर बसेकाअबैधानिकबिदेशी कामदारबाट कारण कोरोना संक्रमण फैलिन सक्ने बताउदै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका हुन् ।
पक्राउ परिने डर तथा त्रासका कारण उनीहरु मास्क किन्न नजाने तथा कोरोना संक्रमण परिक्षण समेत नगराउने हुँदा क्लस्टर संक्रमण फैलिन सक्ने भएका कारण सचेत हुन समेत निर्देशन दिएका छन् ।
सिङ्गापुरमा फैलिएको संक्रमणको उदाहरण दिदै प्रधानमन्त्रीले कोरियामा पनि सोही अवस्था आउन सक्नेमा खतरा औल्याएका छन् ।
हाल कोरियामा करिव तीन लाख ८० हजार अबैधानिक बिदेशी कामदार रहेका छन् । सोही तथ्याङ्कलाई ईङ्गित गर्दै प्रधानमन्त्रीले हाललाई देश निकाला तथा अन्य कानुन भन्दा माहामारीबाट बच्नु ठूलो कुरा भएका कारण स्वास्थ्य परिक्षण गराउन तथा मास्कको प्रयोग गर्न भनेका छन् । उनका अनुसार ति व्यक्तिहरुबाट कोरोना संक्रमण समुदायमा फैलिनु हुदैन ।
हालसम्म पनि गैरकानुनी आप्रवासिहरु स्वास्थ्य संस्था गएर कोरोना संक्रमण परिक्षण गराउनु पर्दछ तथा मास्कको प्रयोग नियमित । रूपमा गर्नु पर्दछ भन्ने नियम पालना नगरिरकेको पाइएको कारण उनिहरुको पहुँचमा पनि यी सेवाहरु पुर्याउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
दक्षिण कोरियामा लाखौँको संख्यामा गैरकानुनी आप्रवासि रहेता पनि हालसम्म ति आप्रवासिहरुमा संक्रमण नपाइएको प्रधानमन्त्री संगको संवाद कार्यक्रममा जनस्वास्थ्य प्रतिनिधिहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस