काठमाडौं – दक्षिण कोरिया जाने श्रमिकको भिसाको म्याद सकिन लागेपछि ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह गरेको छ। मार्चभित्रमा उडान नभए कोरिया जाने तयारीमा रहेका श्रमिकको भिसाको म्याद सकिने छ।
कोरियामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि त्यहाँ जाने तयारीमा रहेका श्रमिकको उडान पछि धकेलिएको छ। यसरी जाने तयारीमा करिव एक सय श्रमिक रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
भिसा जारी भएको तीन महिनाभित्रमा त्यहाँ पुगिसक्नु पर्छ। तर मार्चभित्रैमा श्रमिक कोरिया जाने अवस्था आयो भने भिसा थपिरहनु नपर्ने पनि शाखाले जानकारी दिएको छ ।
भिसाको म्याद सकिएर समस्या नहोस् भनेर नेपालस्थित कोरिया दूतावासलाई पत्र पठाइसकिएको छ। दक्षिण कोरियाले पत्र पठाएर श्रमिक नपठाएको भन्दै नेपाल सरकारलाई असन्तुष्टि जनाई सकेको छ ।
कोरिया श्रमिक लैजान तयार भएपनि नेपालले रोकेको छ। कोरियामा अवस्था सहज भए मार्चभित्रै श्रमिक पठाउन कुनै समस्या नहुने ईपीएस शाखाले जनाएको छ।
दक्षिण कोरियाले सन् २००८ देखि नेपाली श्रमिक ईपीएसमार्फत लैजान थालेको हो। हालसम्म ६० हजार बढी श्रमिक ईपीएस मार्फत त्यहाँ पुगिसकेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस