काठमाडौं – नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।
यसैगरी, साउदी अरव, मलेशिया, बहराईन, कुवेत, दुबई लगायतका मुलुकले पनि आ–आफना देशमा आउने कामदार रोक्ने तयारी गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल नेपालमा आउने कामदारको मागपत्रमा ७५ प्रतिशत कम भएको बताउछन् ।
मागपत्र आउन धेरै मात्रामा कमी आएसँगै कामदार छनौट प्रक्रियाका लागि लिईने अन्तर्वार्ता रोकिएको समेत उनी बताउछन् ।
रोजगारदाता मुलुकमा कोरोनाको संक्रमणको कारण रोजगारदाता नै अन्योलमा रहेको उहाँको भनाइ छ ।
यसको असर लामो समय लम्बिदै गए दीर्घकालीन रुपमा देशलाई नै ठूलो आर्थिक संकट उत्पन्न गराउन सक्ने उनी बताउछन् ।
रोजगारदाता मुलुकले कामदार तत्कालका लागि रोक्ने निर्णयले म्यानपावर व्यवसायीलाई समेत असर गरेको उनले बताए ।
वैदेशिक रोजगार विज्ञ डा। गणेश गुरुङ विदेशमा जाने कामदार रोकिए देशमा आर्थिक रुपमा ठूलो असर पर्ने बताउछन् ।
सरकारले सँधै भरी वैदेशिक रोजगारीको भरमा मात्रै भर परे देश कुनै दिन ठूलो संकटमा फस्न सक्ने उनले स्पष्ट पारे ।
स्वदेशमा रोजगारी नपाउने र विदेशमा पनि काम गर्न जाने अवस्था नभए सामाजिक विचलनदेखि चोरी डकैती र अपराधका घटना बढ्ने खतरा रहेको डा। गुरुङको भनाइ छ ।
कोरोनाको कारण नेपालमा सबैभन्दा बढी आर्थिक रुपमा कमजोर भएका विपन्न परिवारलाई पर्नेसक्ने खतरा उनले औंल्याए ।
अहिलेको अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्सले परिवारसँगै देशको अर्थतन्त्र चलेको अवस्थामा मुख्य स्रोत रेमिट्यान्स भित्रनमा कमी आउँदा वित्तिकै धेरै क्षेत्रमा असर पर्ने उनले बताए ।
विदेशिने नेपाली कामदार रोक्न सरकारले ठोस योजनाका साथ अगाडि बढ्न जरुरी रहेको डा. गुरुङको तर्क रहेको छ । गोरखापत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस