सोल-दक्षिण कोरियामा कार्यरत बिदेशी कामदारको भिसा अवधि थपिने भएको छ ।
कोरोना भाईरसको सङ्क्रमण बढेसङ्गै जनशक्ती अभाव भएको कारणले यहाँ बसोबास गर्ने विदेशी कामदार लगाएत विधार्थीहरुको कोरिया बसाई अबधी बढाईने भएको हो ।
यहाँको न्याय ,श्रम,मत्स्य तथा सामुन्द्रिक मामिला मन्त्रालयको शुक्रबार बसेको सयुक्त बैठकले कोरियामा अदक्ष कामदारको रुपमा रहेका ई-९ भिसा भएका कामदार र ई-१० भिसा भएका विदेशी कामदारको भिसा ५० दिन थप गर्ने निर्णय भएको हो।
विश्वब्यापी कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियामा काम गर्न आउने बिदेशी कामदारको संङ्ख्यामा कमी आएसंगै यहाँको श्रम तथा न्याय मन्त्रालयले कामदारको अभाव परिपुर्ती गर्नको लागी यस्तो कानुनको व्यवस्था गरेको हो ।
कोरियामा कार्यरत ई-९ भिसा बहाक कामदार र ई-१० भिषा बहाक कामदारको भिसा सकिन लागेको तथा सकिईसकेको अबस्थाका कामदारले यो योजनामा सहभागी हुनसक्ने छन् ।
५० दिन भिषा अबधी थप्ने हकमा बिधार्थीहरुले ईमिग्रेशन नगई अनलाईन मार्फत नै आबेदन दिन सक्ने ब्यबस्था रहने तथा कामदारको हकमा पनि यो ब्यबस्था लागु गर्ने तयारीमा रहेको न्याय मन्त्रालयले जनाएको छ ।
न्याय मन्त्रालयका एक अधिकारीले भने, “हामीलाई आशा छ कि यो उपायले औद्योगिक क्षेत्रमा कामदारको अभाबको समस्यालाई समाधान गर्दछ।हामी सम्बन्धित विभागहरूसँगको सहकार्यमा सुरक्षित र दक्ष अन्तर्राष्ट्रिय विद्यार्थी रहनको प्रबन्ध गर्न जारी राख्नेछौं।”
अबदेखी अर्को नियम परिवर्तन नभएसम्म कमिटेड कामदार तथा कम्पनी परिवर्तन गरेका भिसा अबधी सकिन लागेका दुबै कामदारहरुले कोरियामा थप ५० दिन बैधानिक तरिकाले बस्न पाउनेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस