सोल- दक्षिण कोरियाको अध्यागमन विभागले नक्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
हालसम्म एक सयभन्दा बढी नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउन सुरु गरेको छ ।यसरी नक्कली परीक्षार्थी खडा गर्नेलाई पक्राउ गर्न थालेसँगै परीक्षा दिनेलाई समेत कारबाही गर्ने अध्यागमनले जनाएको छ ।
नक्कली परीक्षार्थी भएर परीक्षा दिनेलाई अदालतमा ६ महिनासम्म समय थुनामा राखेर मुद्दा चलाउनेसम्मको कारबाही गर्ने जनाएको छ ।हालसम्म पक्राउ परेका नेपालीलाई पुन कोरिया आउन नपाउने गरि फर्काइरहेको छ । अनुहार मिल्ने साथीलाई भाषा परीक्षा दिन लगाई कोरिया प्रवेश गरेको भन्ने सुचनाको आधारमा एक जनालाई पक्राउ गरिएपछि
अध्यागमनले अनुसन्धान सुरु गरेको हो । अरूबाट कोरिया भाषा पास गराएर आएका नेपालीहरूलाई सोझै नेपाल डिपार्ट गर्ने र अर्काको परीक्षा दिनेहरुलाई भने सुरक्षासम्बन्धी विभिन्न मुद्दा चलाई अनुसन्धान अघि बढाउने अध्यगमन कार्यालयले जनाएको छ ।यसरी कोरिया आउने ठूलो संख्या हुनसक्ने भन्दै कोरिया सरकारले अनुसन्धानलाई तीव्रता दिएको हो ।
पक्राउ गरी डिपोर्ट हुनेहरूमा पाँचथर, ताप्लेजुङ, म्याग्दीलगायतका जिल्लाका छन् । उनीहरु कोरिया प्रवेश गरेको ३ महिनादेखि ३ वर्षसम्म भएको प्रवासी श्रम संगठन (एमटियू)का प्रमुख उदय राईले बताएका छन् । अझैपनि यसरी नक्कली परीक्षार्थी खडा गरी कोरिया प्रवेश गरेका ठुलो संख्यामा कामदार रहेको आशंका गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस